सदरलाइनडटकम,
नेपालगञ्ज : सल्यान थातथलो रहेर बाँकेमा रहेका सल्यानीहरुको नेपालगञ्जमा सम्पन्न भएको सल्यानी सेवा समाजको अधिवेशनमा नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि राजेस सेनको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिको छ ।
तदर्थ समितिको कार्य अवधी छ महिनाको हुने छ । उपाध्यक्षमा चित्रबहादुर बिक, सचिवमा ई विवेक लामिछाने, सहसचिवमा यशोदा शाह, कोषाध्यक्षमा दुर्गा खत्री चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कुलबहादुर डाँगी, बासुदेव शर्मा सावित्री गिरी र हेमराज शाही रहेका छन्् । तदर्थ समितिले छ महिना भित्र पुन अधिवेशनको आयोजना गरी नयाँ कार्यसमिति चयन गर्दै समाजलाई विभिन्न सामाजिक गतिविधिमा संलग्न हुने सचिव लामिछानेले जानकारी दिए ।



