२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालगञ्ज हेल्थ क्याम्पसको १२औ स्थापना दिवस मनाईयो



सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालनमा रहेको नेपालगञ्ज हेल्थ क्याम्पसको १२ औ स्थापना दिवस तथा स्वागत/ बिदाई कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्याम्पसका संस्थापक एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले प्राविधिक जनशक्ति उत्पादनमा क्याम्पसले उल्लेखनीय भूमिका खेलेको बताउँदै अझै समयसापेक्ष र व्यवहारिक शिक्षा, ज्ञान तथा सीप प्रदान गर्न क्याम्पस पर्यत्नशील रहेको औल्याए ।
उनले प्रत्येक बर्ष क्याम्पसले १२ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरि रहेको जानकारी दिँदै हालसम्म क्याम्पसले करिब १ करोड बराबरको छात्रबृत्ति दिइएको जानकारी दिए ।
कार्यक्रममा सो क्याम्पसका क्याम्पस प्रमुख प्रभाकर मिश्र, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, विद्यार्थीहरु टेक बहादुर बुढा, मञ्जु रोका मगर, इन्द्रा देवकोटा लगायतले मन्तब्य व्यक्त गरेको कार्यक्रममा पहिलो वर्षमा अध्ययनको लागि क्याम्पस भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुको साथै तेस्रो वर्षका विद्यार्थीलाई बिदाई गरिएको थियो ।
त्यस क्रममा विद्यार्थीहरुले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए । हाल ३ सय ३० जना विद्यार्थी अध्ययनरत नेपालगञ्ज हेल्थ क्याम्पसमा पिसिएल ल्याब ३ बर्षे, १८ महिने ल्याब टेक्निसियन र ३ बर्षे फार्मेसी पढाई हुँदै आएको छ ।  

प्रकाशित मिति : २०७५ चैत १ गते शुक्रबार
ताजा समाचार