सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरका २० वर्षीया गर्भवती महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा रीना राना भएको प्रहरी जानकारी दिएको छ ।
खोलामा लुगा धुने क्रममा शनिबार बिहान डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । राना छारेरोगी रहेकाले लुगाधुने क्रममा पानीमा लड्दा उठ्न नसकी मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
रीनाका ससुरा भजौरा रानाले उनी गर्भवती रहेको र छारे रोगको औषधि सेवन गर्दै आएको बताए । स्थानीयले बुहारी डुबेको खबर गरेपछि खोलामा पुग्दा बुहारीको मृत्यु भईसकेको अवस्थामा फेला पारेको उनले बताए ।


