पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

सदरलाइन संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १६:२२
 


भारत (बैंगलौर) : भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकरसँग भेट गेरका छन् । बैंगलौर स्थित गुरु रवि शंकरको आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा अध्यात्मिक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याएको योगदानको प्रंशसा गरे ।

अध्यक्ष ढकालल गुरु रबि शंकरको शिक्षाले नेपालका पनि लाखौ नागरिक लाभान्वीत भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे । विश्व शिखर सम्मेलनको विशेष दुतसमेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजककोतर्फबाट आमन्त्रण पत्र हस्तान्तरण गरे ।

गुरु रवि शंकरले नेपालका चर्चित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुमा र विश्वशान्ति अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस भनी कामना गरे ।


करीब ३० मिनेट भएको भेटघाटमा नेपाल भारत बिचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयदेखि दक्षिण एशिया र सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।

गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक महामहिम डा. सन म्योङ्ग मून र श्रीमती डा. हाक जा हान मुनको विश्व शान्तिको अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको सुस्वास्थ्य दिर्घायुको कामना गरे । गुरु रवि शंकरलाई भेट्न पूर्व मन्त्री ढकाल, परिवार दलका प्रवक्ता संतोष कुमार पौडेल र दक्षिण एसियाली मामिलाका संयोजक कृष्ण अधिकारी सहभागि थिए । विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रबि शंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि अति निकट व्यक्तित्व हुन् ।

पूर्वमन्त्री ढकालले केहिदिन अघिमात्र बिहार स्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेश कुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भि–वोनका कुर्ची अब अम्बेफर्निसिङ्ग नेपालगञ्जमा

२६ कार्तिक २०७८, शुक्रबार १६:२२
नेपालगञ्ज : नेपालगञ्जमा लामो समयदेखि फर्निचरको क्षेत्रमा बर्चश्व कायम गर्दै आएको अम्बे फर्निसिङ्गले अन्तराष्ट्रियस्तरको भि–वान अर्गानोमिक्स कुर्सी विक्रि वितरण सुरु गरेको छ । भि–वोन कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भि–वोनका कन्ट्री प्रवन्धक प्रविण श्रीबास्तवले भारतको पुणेमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको अर्गानो मिक्स कुर्ची खास गरी लामो समयसम्म बसेर काम […]

सम्बन्धित