सदरलाइनडटकम,
काठमाण्डौ : उमेर हद लागू गर्ने नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच कुटाकुट भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२ वर्षीय उमेर हद लागू हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेको अवस्थामा अर्को समूह पनि पुगेको थियो । दुई पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
थप झडप हुन नदिन प्रहरीले नेविसंघका कुनै पनि कार्यकर्तालाई कांग्रेस केन्द्रीय कार्यालयमा छिर्न दिएको छैन । ‘झडपपछि सबै कार्यकर्तालाई गेट बाहिर पठाएका छौं, घाइतेको विवरण आएको छैन, हामी विवाद मिलाउने प्रयासमा छौं’ पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले भने ।
