अवैध भारतीय रुपैयासहित चार पक्राउ

३ चैत्र २०७३, बिहीबार १८:५४
 

सदरलाइनडटकम    

३ चैत, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीबाट सुराकीको आधारमा खटेको विषेश टोलीले अबैध भारतीय मुद्राको कारोबार गर्ने चारजनालाई नेपालगन्जको धम्बोभीचोक र घरबाटीटोलबाट नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको छ ।
अञ्चल प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाहले दिएको जानकारी अनुसार नेपालगन्जमा अवैध भारतीय रुपैयाँको कारोबार हुँदै गरेको सूचनाको आधारमा कार्यालयबाट खटेको विषेश टोलीले दुई जना विक्रि गर्ने र दुई जना खरिद गर्ने व्यक्तिलाई २० लाख ४६ हजार २ सय ८० भारतीय रुपैया र ७ लाख ३३ हजार १ सय ४० स्रोत नखुलेको नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएर अनुंधान अघि बढाएको हो ।
प्रहरी निकट स्रोतका अनुसार नेपालगन्जको धम्बोझीचोक नजिकबाट राजेश कुम्हारको साथबाट ६ लाख ८८ हजार २ सय ५० रुपैया भारतीय मुद्रा र २ लाख ९६ हजार ४ सय ९० नेपाली रुपैया सहित पक्राउ गरेको जानकारीमा आएको छ ।


यसैगरी प्रहरीको सोही टोलीले नेपालगन्जको घरबारीटोलबाट सन्तोष रायको साथबाट १३ लाख ५८ हजार ३० रुपैया भारतीय मुद्रा र ४ लाख ३६ हजार ३ सय ५० नेपाली रुपैयाँ बरामद गरेको बुझिएको छ ।
प्रहरीको सोही टोलीले खरिद विक्रिमा सहभागी भएको अभियोगमा बाँके कटकुईया–४ का मुन्ना अहमद अन्सारी र नूरअहमद खाँलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक शाहले स्रोत नखुलेको भारतीय र नेपाली रुपैयासहित चारजनालाई आफ्नो कार्यालयको विषेशटोलीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुपन्देहीलाई नेपालगन्ज गोल्डकपको उपाधि

३ चैत्र २०७३, बिहीबार १८:५४
सदरलाइनडटकम    ३ चैत, नेपालगन्ज : अग्नी रुपन्देही–११ ले दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । जीतसँगै रुपन्देहीले पाँच लाख पाएको छ । डेन डेथमा रुपन्देहीले सीमएजी क्लव संकटालाई पराजित गरेको हो । द्वितिय भएसँगै संकटाले दुई लाख ५१ हजार पाएको छ । निर्धारित समयमा एक÷एक गोल […]