बाँकेका ८ गाविसमा संचालित स्वास्थ्य परियोजना सम्पन्न

१७ असार २०७३, शुक्रबार ०४:५७
 

सदरलाइनडटकम
१६ असार, नेपालगन्ज : सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालनमा रहेको ‘रिचिंग द अनरिच परियोजना’ ले बाँकेका ८ गाविसमा रहेका स्वास्थ्य संस्थाहरुको क्षमता बढाउनुुका साथै  सिमाकृत समुदायका महिलाहरुको पहुँच समेत बृद्धि गर्न सफल भएको पाईएको छ ।
बाँके युनेस्को क्लबद्धारा कार्यक्रम सञ्चालनमा ल्याईएका जिल्लाका ८ वटा गाविसमा संचालित सो परियोजनाको बिहिबार आयोजना गरिएको समापन कार्यक्रममा सो जानकारी गराईएको हो ।
सिमाकृत समुुदायका महिलाहरुमा मातृशिशु, बाल स्वास्थ्य तथा पोषण सेवाहरुको पहँुच र उपयोगमा देखिएको असमानता हटाउने उदेश्यले सन २०१३ देखि संचालन गरिएको सो परियोजना सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकीले ८ गाविसका ११ वटा स्वास्थ्य संस्थाहरुको मर्मत सम्भार तथा निर्माण गरिएको, ४२ वटा सबै स्वास्थ्य संस्थामा बिभिन्न प्रकारका आवश्यक उपकरण प्रदान गरिएको तथा २८ वटा गाउँघर क्लिनिकलाई पनि बिभिन्न उपकरण सहयोग गरेर सुदृढ बनाईएकोे जानकारी दिए ।
यस्तै ४१ जना नर्सिंग स्टाफलाई बिभिन्न प्राविधिक तालिम दिईएको र कम्दी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको, स्वास्थ्य संस्था र प्रसुुती केन्द्रहरुलाई सक्षम बनाउन ६ वटा स्वास्थ्य संस्थालाई सोलार समेत प्रदान गरिएको उनले बताए ।
कम्दी गाविसस्थित स्वास्थ्य केन्द्रमा रहेको प्रसुति केन्द्रलाई जिल्लाकै पहिलो नमुना प्रसुती केन्द्र बनाउने योजनासहित जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्ताव अघि सारेको ‘रिचिंग द अनरिच परियोजना’ का अधिकृत रजनीकान्त चौधरीले बताए ।
समापन कार्यक्रममा बोल्दै बाँकेका जनस्वास्थ्य प्रमुख डा. विनोद कुुमार गिरीले ‘रिचिंग द अनरिच परियोजना’ ले ८ वटा गाविसका स्वास्थ्य संस्थालाई धेरै राम्रो अवस्थामा पुरयाएको जनाउँदै यस्ता कार्यक्रमहरुको जिल्लामा खाँचो रहेको औल्याए ।
सेभ द चिल्ड्रेन मध्य र सुुदूरपश्चिम फिल्ड कार्यालयका प्रमुख बिरेन्द्र ठगुन्नाले यस्ता कार्यक्रम कुनै पनि गैर सरकारी संस्थाले जिल्ला भरी संचालन गर्न नसक्ने जनाउँदै अन्ततः राज्यले नै सबै जिम्मेवारी लिनु पर्ने बताए ।
सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, सल्लाहकार निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, जनस्वास्थ्य अधिकृत सरोज शाह, सेभ द चिल्ड्रेनका रवि मोहन भण्डारी र प्रजनन् स्वास्थ्य समन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
‘रिचिंग द अनरिच परियोजना’ बाँकेका गनापुुर, मनिकापुर, शमशेरगन्ज, खजुुराखुर्द,बेलहरी, पिप्रहवा, कम्दी र कचनापुर गाविसमा संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘राष्ट्रिय सहमति विना मुलुक चल्न सक्दैन सहमतिका लागि त्याग गर्न सक्नु पर्छ ’

१७ असार २०७३, शुक्रबार ०४:५७
सदरलाइनडटकम १६ असार, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक राष्ट्रिय सहमति विना चल्नै नसक्ने भएकोले सबै कुरा त्यागेर राष्ट्रिय सहमति गरेर अघि बढ्न आग्रह गरेका छन् । गत वर्ष आएको महाभुकम्पमा परी दिवंगत भएका नेपालगन्ज निवासी अच्यूतराज सुुवेदीको विहिबार प्रथम वार्षिकी तथा स्मृति […]