जानकीको नीति तथा कार्यक्रम संशोधनसहित पारित

९ असार २०७६, सोमबार १९:४५
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम संशोधन सहित पारित भएको छ । गाउँपालिकाको पाँचौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले आईतवार पेश गरेको नीति तथा कार्यक्रममा सभाका सदस्य एवम् वडा नं.४ का अध्यक्ष विश्रामकुमार बर्माले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
सभामा वडा अध्यक्ष बर्माले पेश गरेको संशोधनको प्रस्तावसहित नीति तथा कार्यक्रम बहमुतका आधारमा पारित भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
गाउँपालिकाको नीति कार्यक्रममा प्रमुख प्राथमिकता पूर्वाधार निर्माण परेको छ । कृषिलाई दोस्रो प्राथमिकतामा पारिएको छ । नीति तथा कार्यक्रम कृषकका लागि सिंचाई मल, विउ तथा बजारीकरणलाई विशेष महत्व दिईएको छ ।
जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँसभा १४ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार, गाउँसभामा मङ्गलवार बजेट प्रस्तुत¬ हुनेछ ।

Next Post

राप्तीसोनारीको पाँचौ गाउँसभामा सुरु, नीति तथा कार्यक्रम प्रस्तुत

९ असार २०७६, सोमबार १९:४५
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके ) : राप्तीसोनारी गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएको छ । गाउपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको पाँचौं गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । गाउँपालिकाले आर्थिक विकासतर्फ […]