नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेलमुक्त

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १३:०३
 

नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेलमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएका कैलाली २ बाट गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी आइतवार बिहान जेलमुक्त भएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट आममाफी पाएका सांसद चौधरी १३ वर्षअघिको मुद्दामा गत माघ १९ गते कोहलपुरबाट पक्राउ परेका थिए । उनी २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका थिए ।


सांसद चौधरीले ६ महिना कैद भुक्तान गर्न बाँकी भएका कारण उनलाई पक्राउ गरि कैलाली जिल्ला कारागारमा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार प्रजातन्त्र दिवस मनाईंदै

७ फाल्गुन २०७९, आईतवार १३:०३
नेपालगञ्ज : आइतवार प्रजातन्त्र दिवस देशभर धुमधामका साथ मनाईंदैछ । जहानियाँ राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आइतवार प्रजातन्त्र दिवस मनाईंदैछ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको […]