राप्तीसोनारीमा बाघ नियन्त्रणको प्रयास शुरु

सदरलाइन संवाददाता २७ पुष २०७८, मंगलवार १२:२७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका वन क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण गर्ने क्रम बढेपछि सरकारले पहिचान गरी नियन्त्रणमा लिन मंगलवारदेखि प्राविधिक टोली परिचालन गरेको छ ।

चितवनको सौराहाबाट आएको प्राविधिक टोली, बाँके राष्ट्रिय निकुञ्जको टोली र डिभिजन वन कार्यालयको टोली संयुक्तरुपमा राप्तीसोनारी गाउँपालिकाको बैजापुर वन क्षेत्रमा परिचालन भएको छ ।

टोलीमा संलग्न प्राविधिक मनोन शाहका अनुसार सुरुमा बाघलाई खोज्न त्यसको पाइला पछ्याउने, क्यामेरा ट्रयापिङ गर्नेलगायतका कार्यहरु शुरु भएका छन् । राप्ती सोनारीका विभिन्न गाउँबाट घाँस काट्न जंगल गएका महिला पटक–पटक बाघको निसानामा पर्न थालेपछि उक्त बाघलाई नियन्त्रणमा लिन प्रयास शुरु गरिएको हो ।


पछिल्ला साता लगातार दुई दिन बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । सन् २०१८ को गणनाअनुसार बाँके निकुञ्जमा २१ बाघ छन् । बर्दिया–बाँके कम्प्लेक्समा अहिले बाघ गणना जारी छ ।

बर्दियाको गेरुवा र मधुवन तथा बाँकेको राप्ती–सोनारीका विभिन्न स्थानमा पछिल्ला वर्षहरूमा भएका बाघ आक्रमणका शृंखलाबद्ध घटनाले बाघको संख्यामा उल्लेख्य वृद्धि भएको हुन सक्ने सरकारी आंकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिम तराईका जिल्लामा माघीको रौनक शुरु

२७ पुष २०७८, मंगलवार १२:२७
नेपालगञ्ज : माघी नजिकिँदै आएको छ । केही दिनमात्र बाँकी रहँदा पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत थारु बस्तीमा माघीको तयारी शुरु भएको छ । थारुहरुको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । थारु समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार […]