नेपालगन्ज उद्योग बाणिज्य संघले पायो पूर्णता

२४ भाद्र २०७३, शुक्रबार ०७:५१
 

   IMG_9105सदरलाइनडटकम,
२४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पदाधिकारी चयन गर्दै कर्यसमितिलाई पूर्णता दिएको छ ।
संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बसेको बैठकले महासचिवमा अजय टंण्डन, उप–महासचिवमा तारा खत्री रोकाय, कोषाध्यक्षमा आदेश अग्रवाल र प्रवक्तामा अभय बस्नेत चयन भएका छन् ।
महासचिव, उपमहासचिव र कोषाध्यक्षमा क्रमश ध्रुव दाहाल, रोहित टण्डन र सुनिल सिंघलले प्रतिश्पर्दा गरेका थिए । लाकतान्त्रिक पद्दतीलाई अंगिकार गर्दै टण्ंडन महासचिव, खत्री उप–महासचिव र अग्रवाल कोषाध्यक्षमा चयन भएका थिए ।
यसैगरी सो बैठकले संघको विधान अनुसार मनोनित गर्ने ५ सदस्यमा समेत टुंगो लगाएको छ । बरिष्ठ सदस्यमा बसन्त लामिछाने, महिला सदस्यमा रमारानी बैश्य, बिन्दू चर्तिमगर, सदस्यहरुमा रमानाथ न्यौपाने र सलाहुँद्दीन जसगढलाई मनोनित गरेको छ ।
यस अघि भदौ ११ गते भएको निर्वाचनबाट अध्यक्ष बैश्यको नेतृत्वमा उपाध्यक्ष उद्योगमा अब्दुल वाहिद मन्सुरी, बाणिज्य उपाध्यक्षमा दुर्गा भण्डारीसहित २ संबद्ध, २ एशोसियट्स र १२ सदस्यहरु १९ जना निर्वाचित भएका थिए ।

IMG_9115


IMG_9111

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बन जोगाउदै आयआर्जन गर्दै कम्दीका गृहणी महिला

२४ भाद्र २०७३, शुक्रबार ०७:५१
सदरलाइनडटकम, २४ भदौ, नेपालगन्ज : बाँके कम्दीका गृहणी महिलाहरुले सामुदायिक बनमा नेतृत्व सम्हाले लगत्तै बाताबरणको संरक्षण संगै गृहणीको आय आर्जनका कामलाई समेत अघि बढाएका छन् ।  पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूह कम्दीको नेतृत्वमा महिला चयन भएपछि उनीहरुले आफ्नो नेतृत्वमा सामुदायिक बन आएको बेलामा केही गर्नुपर्छ भन्ने अभिप्रायले आयआर्जनका काम संगै […]