मापदण्ड विना सञ्चालित डुडुवाका दुई संस्थागत विद्यालय परे कारवाहीमा

१९ जेष्ठ २०७५, शनिबार १५:५८
 

सदरलाइनडटकम
१९ जेठ, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा अनुमति बिना सञ्चालनमा रहेका दुई वटा संस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं. २ बेताहनीको राप्ती इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल नौरीगौडी र एकेडेमी इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुलले अनुमती विना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो ।
गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले अनुमति विना सञ्चालनको जानकारी आउने वित्तिकै सुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमती विना सञ्चालन भईरहेकाले नियमन गर्न कारवाही गरिएको जानकारी दिए ।
गाउपालिकाको शिक्षा समितिले राप्तीले कक्षा ३, ४, ५ र एकेडेमीले कक्षा २, ३, ४, ५ अनुमती विना सञ्चालन गरेको पाईए पछि ती कक्षालाई खारेज गरि वन्द गर्ने निर्णय गरिएको हो । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमती विना सञ्चालित स्कुललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिकामा हाल १० वटा संस्थागत विद्यालय रहेका छन । गाउँपालिका अन्र्तगत सञ्चालित विद्यालयहरुको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरित संचालित विद्यालयहरुलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले जानकारी दिए । उनले ति विद्यालयलाई एक वर्षसम्म अनुमती समेत नदिने निर्णय भएको बताए ।
गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन, तथा प्रभावकारिता लगायतका विषयमा नियमित अनुगमन गरि कडाईका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरियताका लागि १० वटा सामुदायिक विद्यालयमा इ–हाजिरी मेसिन समेत जडान गरि सकेको छ ।

Next Post

नेपाल फोटो पत्रकार महासंघद्वारा फोटो पत्रकारको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण

१९ जेष्ठ २०७५, शनिबार १५:५८
सदरलाइनडटकम   १९ जेठ, काठमाडौं : नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो समय फोटो पत्रकारहरुमाथि आक्रमण, धम्की र सेल्फ सेन्सरसिप बढेको भन्दै सरोकारवालाहरुसँग फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकार्षण गराएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा महासंघको चितवन घोषणापत्र–२०७५ सार्वजनिक गर्दै यस्तो […]