कोहलपुरस्थित जंगलबाट भरुवा बन्दुक बरामद

सदरलाइन संवाददाता २३ माघ २०७७, शुक्रबार १६:२६
 

नेपालगञ्ज : बाँके प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाई छ । कोहलपुर प्रहरीले थालनी गरेको पन्ध्र दिने ’स्वीप अप्रेशन अभियान’को सुरुवाती चरणमा भरुवा बन्दुक फेला परेको हो ।


कोहलपुर प्रहरीले माघ २१ गतेदेखि पन्ध्र दिने ’स्वीप अपरेशन अभियान’ शुरुवात गरेको छ । समाजमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न, सडक दुर्घटना, लागूऔषध दुर्व्यसनी तथा सामाजिक अनुशासन बिरुद्धका कारवाही गर्ने उद्देश्यले अभियान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियानलाई सफल बनाई सुरक्षित समाज निर्माणार्थ आम नागरिकबाट अपराधको सूचना, समन्यव र सहकार्यको अपेक्षा गरेको छ ।

Next Post

वडाध्यक्षको निधनमा २३ वटै वडा कार्यालय बन्द

२३ माघ २०७७, शुक्रबार १६:२६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष बिष्णुबहादुर लामाको निधनमा उपमहानगरपालिकाले आफ्ना सबै सेवा एक दिनका लागि बन्द गरेको छ । शुक्रवार बिहान सूचना जारी गर्दै उपमहानगरपालिकाले वडा अध्यक्षको असामयिक निधनको खबरले मर्माहत एवं स्तब्ध भएको जनाउँदै शुक्रवार एक दिनका लागि सबै सेवा बन्द गरिएको जनाएको छ । […]