सदरलाइनडटकम,
पोखरा : नेपाल–भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा शुरु भएको छ । वार्तामा नेपाली टोलीको नेतृत्व वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्रसिंह भल्लाले गरेका छन् । वार्ताले दुई देशबीच व्यापार सहजीकरणकरणका साझा एजेन्डा तय गर्ने सहसचिव सैंजुले जानकारी दिए । यो बैठकले देशबीच हुने सम्झौताका बुँदाको तयारी गर्नेछ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार दिल्लीमा पहिलो बैठक भएको थियो । भोलीसम्म चल्नेछ बैठकमा नेपालबाट ९ र भारतीय पक्षबाट ७ जनाको सहभागिता छ ।
