अनियमित बिद्युत समस्या सुल्झाउन माग गर्दै ज्ञापनपत्र

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १२:४८
 

नेपालगञ्ज : कसौधन वैश्य समाजले नेपालगञ्जको अनियमित बिद्युत समस्या सुल्झाउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई ज्ञापनपत्र बुझाएको हो ।


अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको आग्रह गरिएको अध्यक्ष वैश्यले बताए ।

मौसमी आद्रता र तापक्रमलाई मध्यनजर गर्दै अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको पनि अध्यक्ष वैश्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरमा एकको मृत्यु

३० भाद्र २०७८, बुधबार १२:४८
कञ्चनपुर : एम्बुलेन्सको ठक्करबाट कृष्णपुर नगरपालिका–५ का करिब ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दुध बोकेर जाँदै गरेका ऐरलाई बुधबार पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिक ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरको […]

ताजा अपडेट