डुडुवा खडैचाबाट १४ जना जुवाडेसहित ३५ जना पक्राउ

३ कार्तिक २०७४, शुक्रबार ०९:१६
 

सदरलाइनडटकम 
३ कात्तिक, नेपालगन्ज : बाँके प्रहरीले पर्वको बाहानामा होहल्ला गर्ने तथा समाजमा शान्ति भंग गरेको अभियोगमा बिहीबार राती विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको १४ जना जुवाडे सहित ३५ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवत्ता तथा मुद्दा फाँटका ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाका अनुसार बिहीबार राती ११ः ४५ बजे डुडुवा गाउपालिका वडा नं.– १ खडैचाबाट ३४ हजार नगदसहित १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । स्थानीय सुमृत भंगी बाल्मिकीको घरमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई तिन गड्डी ताससहित ३४ हजार ३ सय ११ रुपैया नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
यसैगरी मापसे सेवन गरी मोटरसाईकलमा होहल्ला गरी शान्ति भंग गर्दै हिड्ेका १४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीहरुलाई १२ बजे न्युरोड, तथा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
पटाका पड्काउदै अरुलाई तर्साउने गरेको आरोपमा समेत विभिन्न स्थानबाट ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक थापाले जानकारी दिए । उनले उनीहरुको बारेमा प्रहरीले अनसंधान गरी रहेको जनाए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके, बर्दिया र दाङ्गमा भएका १९ दुर्घटनामा दुईको मृत्यु १७ घाइते

३ कार्तिक २०७४, शुक्रबार ०९:१६
सदरलाइनडटकम ५ कात्तिक, नेपालगन्ज : तिहारको दिन बाँके बर्दिया र दाङ्गमा १९ वटा साना ठूला सडक दुर्घटना भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवत्ता तथा प्रहरी निरिक्षक विरबहादुर थापाले दिएको जानकारी अनुसार बाँकेमा सबैभन्दा धेरै ११ वटा सडक दुर्घटना हुँदा सो दुर्घटनामा परेर २ को मृत्यु हुनुको साथै […]