सदरलाइनडटकम,
नेपालगञ्ज : बुधबारदेखि परेको पानीका कारण खेल मैदान हिलाम्य भएको कारण नेपालगञ्जमा जारी दोस्रो मेयरकप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा विहिवारको खेल हुन सकेन ।
नेपालगञ्जको मंगलप्रसाद मावि र होप ईन्टरनेसनल माविबीचको खेल वर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ । ‘मौसमको अनियमितताका कारण खेल गराउन सकेनौ, यो खेललाई अर्काे दिन खेलाउने छौ’–प्रतियोगिताका संयोजक मेराज अन्सारीले भने ।
प्रतियोगिताको फाइनल खेल आउँदो फाल्गुन ४ गते हुने छ । प्रतियोगिताको विजेताले एकाउन्न हजार तथा उप विजेताले पच्चीस हजार पाउने छन् ।
