बाँकेमा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार १६:४१
 

नेपालगञ्ज : बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी आदेशमा बाँकेमा कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म थप गरिएको उल्लेख छ ।


यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ । एटिएम लगायत सीमित संख्याका कर्मचारीद्वारा दैनिक बढीमा ३ घण्टा बैंक सेवा भने खुला रहनेछ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल संचालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा भने नै बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३६५ डिष्चार्ज हुँदा ७५ संक्रमित थपिए

३ जेष्ठ २०७८, सोमबार १६:४१
नेपालगञ्ज : बाँकेमा सोमवार ७५ जना कोरोना संक्रमित थपिएका छन् भने ३६५ जना कोरोनामुक्त भई डिष्चार्ज भएका छन् । बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १४९ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ५८ जनालाई कोरोना संक्रमण […]

सम्बन्धित