धम्बोझी माविले नयाँ भर्ना लागि लियो प्रवेश परीक्षा

१० बैशाख २०७६, मंगलवार २२:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगन्जको धम्बोझी माध्यामिक विद्यालयले विद्यार्थीको चाप अत्याधिक बढेपछि नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाको प्रवेश परीक्षा मार्फत भर्ना लिने भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्केको भन्ने जनगुनासो आई रहेको बेलामा भने सो बिद्यालयले मंगलबार कक्षा ७ देखि ९ सम्म अध्ययन गर्न आउने नयाँ विद्यार्थीको लागि प्रवेश परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक बामदेब सुवेदीले जानकारी दिए ।
उनले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न सक्दा सबैको आकर्षणको केन्द्र विद्यालय बन्न सफल भएको बताउदै विद्यालयको छबीलाई कायम राख्दै अझ परिस्कृत रुपबाट सञ्चालन गर्नको लागि प्रवेश परिक्षा लिएको स्पष्ट पारे ।
उनले प्रविधिक धारतर्फ कम्यूटर ईन्जिनियरिङ्गमा ४८ जना र कक्षा ७ देखि ९ सम्म प्रति कक्षा १५ जनासम्म नयाँ विद्यार्थी भर्ना लिन सक्ने क्षमता रहेको बताए । उनले विद्यालय २ सिफ्टमा सञ्चालन गर्दा पनि भौतिक पूर्वाधार र शिक्षक जन शक्तिको अभावको कारण विद्यालयमा नयाँ भर्नाको लागि पहिलो पटक प्रवेश परिक्षा मार्फत भर्ना लिन सुरु गरेको जनाए ।
विद्यालयका सहायक प्रधानध्यापक पूर्णबहादुर शाहीले विद्यलयको शैक्षिक गुणस्तरका कारण अभिभावकको पहिलो रोजाईको रुपमा रहेको बताए । उनले नेपालगञ्जका सामुदायिक विद्यालय मध्यको सबै भन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालय भएको बताए । 

Next Post

नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन

१० बैशाख २०७६, मंगलवार २२:५७
सदरलाइनडटकम, नेपालगञ्ज : अविलम्व सञ्चालन हुन लागेका नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको बुधवार स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसहितको टोलीले बुधवार विहान निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र बसपार्कको स्थलगत अवलोकन गर्दै आवश्यक जानकारी लिएको छ । नेपालगञ्ज उप–महानगरपालिका– २३ हिरमिनियामा निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र नेपालगञ्ज–४ […]

सम्बन्धित