ग्रामिण क्षेत्रमा गुणस्तरिय इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर बिच्छ्याईदै

२४ माघ २०७५, बिहीबार ०९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपालगञ्ज–गुलरिया सडकखण्डमा ग्रामिण तहमा गुणस्तरिय ईन्टरनेट सेवा पुराउने उद्देश्यले अप्टिकल फाइबर बिच्छ्याउन सुरु गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोषको लगानीमा प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिकल फाइबर विच्छ्याउने कामको सुरुवात स्मार्ट टेलीकम र चाइना कम्युनिकेशन सर्भिस नेपालले कामको थालनी गरेका हुन् ।
स्मार्ट टेलीकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजीटाइजेशन अभियान अन्तर्गत स्मार्ट टेलीकमले नेपाल दूर सञ्चार प्राधिकरणसंगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिदै भने,–‘यसले ग्रामिण भेगमा इन्टरनेटको पहुँच र सञ्चारको विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।
स्मार्ट टेलिकमका अध्यक्ष जोशीले पहिलोचरणमा नेपालगञ्ज–गुलरियामा अप्टिकल फाईबर बिच्छाउन सुरु गरेको बताउदै हरेक एक–एक किलोमिटर खाडल खनेर सकेपछि फाईबर राख्दै अघि बढ्ने योजना अनुसार काम अघि बढाईएको जानकारी दिए ।
उनले आफ्नो कम्पनीले जिम्मा पाएको प्रदेश नम्बर ५ का बाँके बर्दिया र ६ र ७ का १९ जिल्लामा फाइबर बिछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । फाइबर बाँंके बर्दीया, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझांङ्ग, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुलाका सदरमुकाम सम्म गरी करिव २ हजार ५ सय किलोमिटरमा फाइबर बिछ्याउने योजना रहेको बताए ।
‘फाइबर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाहरुले यसको उपभोग गर्न सक्छन् । उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन । निश्चित रकम तिरेपछि यही संरचनामार्फत आफ्नो सेवा विस्तार गर्न पाउनेछन्’–उनले भने ।
उनले यस कार्यको लागि ग्रामिण दुरसञ्चार कोषको करिव ३ अर्ब रुपैयां सरकारले सब्सिडिका रुपमा उपलब्ध गराएको बताए फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन र व्यवस्थापन गर्दै २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिने र फाइबर निर्माण, अपरेशन र मर्मत सम्हार पनि स्मार्टले नै गर्नुपर्ने शर्त रहेको छ ।
दुर्गम भेगमा फाइबर पुगेपछि इन्टरनेटको पहुँच र टेलीकमको सेवा विस्तारमासमेत सहयोग पुग्ने र यसले गर्दा गुणस्तरमासमेत सुधार हुने छ । यसले सरकारको डिजीटाइजेशन अभियानमा सहयोग पुग्ने विश्वास संगै इन्टरनेट, टेलीफोन, टेलीभिजन तथा फोनको पहुँच र विस्तारमा यसले सहयोग गर्नेछ ।
निजी क्षेत्रले लगानी नउठ्ने डरले संरचना बनाउन नचाहिरहेको अवस्थामा यसको विस्तारले सूचना प्रविधीसंग सम्बन्धित सबै पक्षमा सबैका पहुँच सहज र सुलभ बनाउने विश्वास गरिएको छ ।
हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहुँच ४९ प्रतिशत मात्रै रहेको छ । फिक्स्ड ब्रोडब्याण्डमा ११.२ प्रतिशत मात्रै पहुँच रहेको छ । फाइबर विस्तारले यो यो प्रतिशतलाई बढाउन सहयोग गर्नेछ । सूचना प्रविधीलाई नयाँ नेपाल निर्माणको अभियानमा जोड्ने सरकारको घोषणालाई सहयोग गर्ने स्मार्टको मूख्य उद्देश्य रहेको अध्यक्ष जोशीको भनाई छ । फाइबर विस्तारपछि सर्वसाधारणले टेलीकमसंग सम्बन्धित सेवा सस्तो र सहज तरिकाले पाउनेछन् ।
यसैबीच बुधबार बिहान नेपागन्ज गुलरिया सडक खण्डको मानपुरमा अप्टिकल फाईबर विच्छाउनको लागि भुमिपुजन गरी सुरुवात गरिएको छ ,। हुलाकी राजमार्गको गुलरिया हुँदै राजापुर, टिकापुर महेन्द्रनगरसम्म पुराउने लक्ष लिईएको छ ।

Next Post

बन्दुकको गोली लागेर रोल्पामा एकको मृत्यु

२४ माघ २०७५, बिहीबार ०९:०१
सदरलाइनडटकम, रोल्पा : आफैले चलाएको बन्दुकको गोली लागेर बिहीवार रोल्पामा एक युवाको ज्यान गएको छ । घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए । बुढाले किन गोली चलाए भन्नेबारेमा […]