सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । नेपाल शनिवार थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा मलेशियासँग २२ रनले पराजित भएको हो ।
१५५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । पाँच टिम सहभागी यो प्रतियोगिता लिगका आधारमा आयोजना भएको छ । इस्ट्रन रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसिया कप क्वाली फायरका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एशियाकप क्रिकेटका लागि महत्वपूर्ण खुड्किलोको रुपमा रहेको यो प्रतियोगितामा उपाधि जित्ने लक्ष्य नेपालले लिएपनि पहिलो गाँसमै ढुंगा लागेको छ ।
