सडक दुर्घटनामा ४ घाइते

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १०:५३
 


कोहलपुर (बाँके) : नेपालगञ्ज–कोहलपुर सडकखण्डको पिपलचौतारा बिद्युतरोड चोकमा सोमबार बिहान सडक दुर्घना हुदा एकै परिवारका तीन जना घाइते भएका छन ।

कोहलपुरदेखि नेपालगञ्जतर्फ जाँदै गरेको रा १ झ १७६ नंबरको सरकारी गाडीले भे ५ प ५३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक, मोटरसाइकलमा बसेको महिला र सानो बच्चा घाइते भएका हुन ।


प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि कोहलपुर मेडिकल कलेज कोहलपुर लगिएको छ । गाडी चालक भने प्रहरी नियन्त्रणमा लिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

त्यसैगरि आजै कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठारपुर नमस्ते रिसोर्ट नजिकै भे १२ प ७५५३ नं. को स्कुटर दुर्घटना भएको छ । स्कुटरमा सवार व्यक्ति घाइते भएको र उपचारका लागि भेरी अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

असार २९ गतेदेखि बिरुवा बितरण गर्दै कोहलपुर सबडिभिजन बन

२७ असार २०७९, सोमबार १०:५३
कोहलपुर (बाँके) : कोहलपुर सव डिभिजन वन कार्यालयले असार २९ गतेदेखि बिभिन्न प्रजातिका विरुवाहरु वितरण गर्ने भएको छ । सब डिभिजन बन कार्यालय कोहलपुरले एक विज्ञप्ती जारी गर्दै विरुवा लगाउन इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लैजान सक्ने गरि व्यवस्था गरेको छ । व्यक्तिगत प्रयोजनका लागि २५ वटा विरुवासम्मका लागि […]