सदरलाइनडटकम,
बैतडी : नेपाली सेनाका एक जवानले बुधवार बिहान गरेको रक्तदानले सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीकी २८ बर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।
जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।
