सदरलाइनडटकम,
रोल्पा : आफैले चलाएको बन्दुकको गोली लागेर बिहीवार रोल्पामा एक युवाको ज्यान गएको छ । घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बताए । भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यसअघि पनि एक नागरिकले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।
