न्यरोडको गोदाममा प्रहरी र अनुसन्धानको छापा

२२ माघ २०७५, मंगलवार २२:३८
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याईएको लाखौं मुल्यको सामान भण्डारण गरेको आशंकामा नेपालगन्ज वडानम्बर २ मा रहेको एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले मंगलबार राती ८ बजेतिर छापामारेको छ ।
सो गोदामबाट प्रहरी र राजश्व अनुसन्धानको संयुक्त टोलीले ठूलो परिमाणमा खाद्य बस्तुसहित कपडा बरामद गरिएको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख नारायण डाँगीका अनुसार ८ सय बोरा भन्दा बढि चामल र चेकसर्ट ४ सय बीस, सादासर्ट ८० थान, सेन्डो १ हजार ४ सय ४० र अण्डरवियर २७ प्याकेट बरामद गरिएको छ ।
स्थानीय सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्रि वितरण गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरी निरिक्षक डाँगीले बताए ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डाँगीले गोदाम सन्चालक व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको बताए ।

Next Post

नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बुझायो ज्ञापन

२२ माघ २०७५, मंगलवार २२:३८
सदरलाइनडटकम, काठमाडौं  : नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात […]

सम्बन्धित