सदरलाइनडटकम
१९ चैत नेपालगन्ज : मध्यपश्चिम प्रहरी तालिम केन्द्र नेपालगन्जमा आगामी बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरीमा भर्ना छनौटका क्रममा रहेका एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार बाँके बैजापुर–१ का २९ वर्षिय टोलबहादुर थारुको शनिबार दिउसो करिव ३ बजेतिर मृत्यु भएको हो ।
‘छनौटका क्रममा १ किलोमिटर दैडेर आएका थारुले सेटअप गर्दै गर्दा एैया भन्दै लडेर बेहोस भए । नजिकै रहेका प्रहरी र अन्य व्यक्तिहरुले पानी छर्केर अस्पताल पु¥याएको भएपनि उनीको मृत्यु भई सकेको थियो’–उनले भने ।
बाँकेमा ११ सय ५० म्यादी प्रहरी आवश्यक पर्ने भएपनि ८ सय ८५ महिला सहित ३ हजार ७ सय ९५ जनाले आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया मध्यपश्चिम प्रहरी तालिम केन्द्र नेपालगन्जमा सुरु भएको थियो ।
