बाँकेमा कण्डम दिवस मनाइयो

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार १८:३७
 

नेपालगञ्ज : शनिवार २६औँ राष्ट्रिय कण्डम दिवस मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्जको बीपी चोकमा रिक्सा चालकलगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रममा माक्स नलगाएर हिँडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।


कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाह, भेरी अस्पतालका फिजिशीयन डा.संकेत रिसालले कण्डमको सहि प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताए ।

दिवसलाई भेरी अस्पताल एआरटी क्लिनिक, पश्चिम तारा नेपाल, असहाय सेवा संघ, जुनकिरी महिला समुह, सिआरएस, नागार्जुन डेभलपमेन्ट कमिटी, चेन्ज टीम, एनएपिएन लगायत संघसंस्थाले सहकार्य गरेका थिए ।

Next Post

रोल्पाका एक संक्रमितको बाँकेमा मृत्यु

२२ कार्तिक २०७७, शनिबार १८:३७
नेपालगञ्ज : कोरोना संक्रमित रोल्पाका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । रोल्पाको लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषको शनिवार राती सवा १२ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि रेउघा अस्पतालमा स्वास्थ्य जाँच गराएका उनलाई कार्तिक १४ गते नेपालगञ्ज मेडिकल कलेज […]