कोहलपुर नगर कार्यपालिकामा काँग्रेसको बहुमत

सदरलाइन संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १७:०६
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगर कार्यपालिकामा काँग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा काँग्रेसका आठै जनाले जित हासिल गरेका हुन् । नगर कार्यपालिकामा इश्वरी विक, भुपबहादुर दर्जी, नरेश बान्तवा राई, अनिता बिसी, पबित्रा थारु, सुनिता विष्ट, सुनिता सुनार र केशरी कुमारी रावत निर्वाचित भएका हुन् ।


कोहलपुर नगरपालिकामा काँग्रेसको स्पष्ट बहुमत थियो । कार्यपालिकामा पनि स्पष्ट बहुमत पुगेको छ । नगर कार्यपालिकामा ७७ मतदाता छन् । तीमध्ये ४८ जना काँग्रेसका थिए । कोहलपुर नगरपालिकामा १५ वटा वडामध्ये काँग्रेसले नगर प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जीत निकालेको थियो भने नेकपा एमालेले तीन र नेकपा माओवादीले दुई वडा जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेष्ठ नागरिक क्लबको अध्यक्षमा अजित शर्मा

१९ जेष्ठ २०७९, बिहीबार १७:०६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको छ । अजित कुमार शर्माको अध्यक्षतामा बिहीवार १५ सदस्यीय जेष्ठ नागरिक क्लब पुनर्गठन गरिएको हो । क्लबको उपाध्यक्षमा बुद्धिमाया बज्राचार्य र लाल बहादुर मल्ल, सचिव धर्मदत्त सुवेदी, कोषाध्यक्ष नारायणप्रसाद शर्मा र तारा कुमारी थापा राना मगर रहेका […]