दाङमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

सदरलाइन संवाददाता १९ श्रावण २०७९, बिहीबार १५:२४
 

दाङ : दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा बिहीवार बिहान ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।


बिहान ६ बजे ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।

ट्रयाक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहु विवाह मुद्दामा फरार थारु पक्राउ

१९ श्रावण २०७९, बिहीबार १५:२४
बर्दिया : बहु विवाह मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं.५ बस्ने संजयकुमार थारु रहेका छन् । प्रहरीका अनुसार, थारुलाई बर्दिया जिल्ल अदालतको गत माघ १० गतेको फैसलाले बहु विवाह मुद्दामा १० महिना २० दिन कैद र १० हजार जरिवाना सजाय […]