सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ ले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल मंगलवार एक समारोहबीच प्रदान गरेको हो ।
वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा कार्यालयले जनाएको । वडाका जनप्रतिनिधी, नागरिक समाजका अगुवालगायतको उपस्थितीमा वडा अध्यक्ष सुरेन्द्र गुप्ताले प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त केसीलाई साइकलको साँचो हस्तान्तरण गरे ।
जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको हौसला स्वरुप सहयोग गरिएको वडा अध्यक्ष गुप्ताले प्रतिक्रिया दिए । जनप्रतिनिधी, प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उनले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।


