२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर औद्योगिक, ब्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ दुई दिन थप गरी सोमबार २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
गत माघ १४ गतेदेखि सञ्चालनमा रहेको मेलाको पूर्व निर्धारित समय अनुसार शुक्रबार समापन हुने कार्यक्रम तय भएको भएपनि दर्शकको मागलाई ध्यानमा राखेर दुई दिनका लागि महोत्सवको मिति बढाईएको आयोजक कोहलपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार बिष्णु बेल्बासेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ २५ गते शुक्रबार
ताजा समाचार