सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुमा एक लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । शनिवार दिउँसो कपिलवस्तु नगरपालिका १ स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका ३ वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको हो ।
शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।


