२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

प्याब्सनको आयोजनामा रक्तदान



सदरलाइनडटकम,
खजुरा (बाँके) : प्याव्सनको २९ औं स्थापना दिवसका अवसरमा बाँकेमा पनि मंगलवार बिभिन्न कार्यक्रम गरिएका छन् । प्याब्सन खजुराको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागेश्वरी उपशाखामा चल्दैछ ।
रक्तदानमा प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य, ईशाका खजुराका अध्यक्ष सतिश निरौला, उपाध्यक्ष डिबी तामाङ, जानकीका फोकल पर्सन ओमप्रकाश बर्मा, प्याब्सन बाँकेका दिनेश शर्मा, कलाउद्धिन खान लगायत सहभागी भएको प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटाले जानकारी दिए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा अन्य औपचारिक कार्यक्रम समेत गरिदैंछ ।

प्रकाशित मिति : २०७५ पुस २४ गते मंगलबार
ताजा समाचार