पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ सुरु

१५ माघ २०७५, मंगलवार ०६:३८
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाँकेको कोहलपुरमा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को उद्घाटन गरेका छन् ।
मन्त्री यादवले आर्थिक समृद्विका लागि सबैको सहकार्य आवश्यक रहेको बताउदै देशले राजनैतिक रुपमा सबै निकास पाईसकेकाले सबैको ध्यान अब आर्थिक समृद्धितर्फ केन्द्रित हुनेपर्ने कुरामा जोड दिदै राष्ट्रको समग्र बिकासका साथै आर्थिक समृद्विका लागि सम्पूर्ण राजनीतिक दल, सरकार र नीजी क्षेत्रबिर्च सहकार्यका लागि आग्रह समेत गरेका छन् ।
‘देशमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने समय आयो’ उनले भने ‘सरकार आर्थिक समृद्विका लागि सबैसँग सहकार्य गर्न तयार छ, देशमा हिंसात्मक आन्दोलन होइन सकरात्मक सोच सहितको विकासमा सबै लागौं, सरकार सबैलाई समेट्न चाहन्छ ।’
मन्त्री यादवले कृषिमा आधारित उद्योग, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकतामा हुनु पर्ने भन्दै सरकारले नीजि क्षेत्रकालागि लगानीमैत्री वातारण निर्माण गर्न तयार रहेको बताए ।
प्रदेश नं. ५ का कृषि सहकारी तथा भूमि सुधारमन्त्री आरती पौडेलले प्रदेश नं. ५ को सरकारले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउनकालागि विशेष नीति लिएको बताउँदै संघिय कानून बनेको खण्डमा जनतालाई लालपूर्जा दिनकालागी फिता लिएर किसानकै खेतबारीमा पुग्ने बताईन ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । साथै उनले प्रदेश नं. ५ को राजधानी दुई तिहाई बहुमतबाट तोकिने कानूनि व्यवस्था भएकाले अब प्रदेशको राजधानी दुई तिहाई बहुमतबाटै टुङ्गीनेमा जोड दिए ।
कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन समारोहमा बोल्दै महोत्सव मुल समारोह समितिका संयोजक चक्र बहादुर अधिकारीले कला संस्कृति पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
त्यस्तै महोत्सव मुल समारोह समितिका सह–संयोजक बलाराम भट्टराईले महोत्सवले कोहलपुरको साँस्कृतिक पहिचानलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महोत्सवको उद्घाटन अघि विभिन्न झाँकी प्रदर्शनसहित कोहलपुर बजार परिक्रममा गरिएको थियो । ‘कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव आगामी २५ गतेसम्म संचालन हुने छ । महोत्सवमा विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती आकर्षणको रुपमा राखिएको छ ।  

Next Post

मेयर कप फुटबल जिभिएन, जनज्योती, आदर्श र एबीसी क्वाटरफाइनलमा

१५ माघ २०७५, मंगलवार ०६:३८
सदरलाइनडटकम,  नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीमा जारी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा जिभिएन, जनज्योती, आदर्श र एबीसी स्कूल विजयी भएका छन् । जीतसँगै यी स्कूलहरु क्वाटरफाइनलमा पुगेका छन् । सोमबार पहिलो खेलमा जिभिएनले जनता नमूनालाई ४–० गोलले पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन जिभिएनका तर्फबाट जीत लामाले दुई, गणेश केसी […]