मेयर कप फुटबल जिभिएन, जनज्योती, आदर्श र एबीसी क्वाटरफाइनलमा

१५ माघ २०७५, मंगलवार ०६:४९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझीमा जारी मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा जिभिएन, जनज्योती, आदर्श र एबीसी स्कूल विजयी भएका छन् । जीतसँगै यी स्कूलहरु क्वाटरफाइनलमा पुगेका छन् ।
सोमबार पहिलो खेलमा जिभिएनले जनता नमूनालाई ४–० गोलले पराजित ग¥यो । डिफेन्डिङ च्याम्पियन जिभिएनका तर्फबाट जीत लामाले दुई, गणेश केसी र रोशन चौधरीले एक÷एक गोल गरेका थिए । खेल शुरु भएको एक मिनेटमै गणेशले गोल गरेर टीमलाई अघि बढाएका थिए ।
दोस्रो खेलमा जनज्योति पब्लिक कोहलपुरले ट्राइबेकरमा ब्राइटल्याण्डलाई २–१ गोलले पाखा लगायो । पहिलो खेलमा ट्राइबेकरमै आदर्श मावि खजुरालाई पराजित गरेको ब्राइटल्याण्ड सोमबार भने जनज्योतीसँग हा¥यो । निर्धारित समयमा भने दुवै पक्षबाट गोल हुन सकेको थिएन । शुरुवाती चरणमा जनज्योतीले लगातार आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । मध्यान्तरपछि भने ब्राइटल्याण्ड डिफेन्स खेलेको थियो ।
सोमबार नै भएको ब्रिज इन्टरनेशनल र एबीसी रेसिडेन्टल बीचको खेलको निर्णय पनि ट्राइबेकरबाट भएको छ । निर्धारित समयमा २÷२ गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । जसमा एबीसीले बाजी मारेको छ ।
निर्धारित समयमा ब्रिजबाट रोहित ढकाल र सुरज मल्ल तथा एबीसीबाट विनोद विसीले दुई गोल गरेका थिए । ट्राइबेकरमा पनि पहिलो पाँच जनामा तीन÷तीन गोल भएपछि सडेनडेथमा पुगेको थियो । सडेनडेथमा एबीसी ६–५ गोलले विजयी भयो ।
अर्को खेलमा भने एकतर्फी नै नतिजा निस्कियो । आदर्श मावि, नेपालगञ्जले दिपज्योती विद्याश्रमलाई ८–० गोलले पाखा लगायो । रोशन बुढामगरको चार गोलसहित आदर्शले दिपज्योती विद्याश्रमविरुद्ध गोलको वर्षा नै ग¥यो । नविन थापा, एकराज शाही, युवराज सुवेदी र विकास नेपालीले आदर्शबाट एक÷एक गोल गरेका थिए ।
पानीले गर्दा तीन दिन खेल स्थगित भएको मेयर कप सोमबार चार वटा खेल खेलाइएको थियो । बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा धम्बोझीको ग्रासरुट फुटबल मैदानमा प्रतियोगिता गराइरहेको छ ।

Next Post

अवैध संरचना हटाउन माग गर्दै कञ्चनपुर बन्द

१५ माघ २०७५, मंगलवार ०६:४९
सदरलाइनडटकम, कञ्चनपुर : महेन्द्रनगर नगरविकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा ६ राजनीतिक दलका युवा र विद्यार्थी संगठनले मंगलवारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरेका छन् । आम हडतालका कारण भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान सार्वजनिक सवारी साधान र शैक्षिक संस्था बिहानैदेखि सञ्चालन हुन सकेका छैनन् । आमहडतालमा उत्रिएका विद्यार्थी […]