मेडिकल कलेज नेपालगन्जमा फार्मेसी र क्यान्टीनको सुरुवात

११ माघ २०७३, मंगलवार १२:४०
 

सदरलाइनडटकम   
११ माघ,  बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अस्पतालले २४ घण्टे सुविधा सहितको आफ्नै फार्मेसि र क्यान्टीन सुचारु गरेको छ । सो कार्यको उद्दघाटन अस्पतालका प्रकन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले गरेका थिए ।
अस्पतालमा उपचारको लागि आउने विरामीको लागि अस्पताल परिसरमा निजि औषधि विक्रिकक्ष भएपनि अस्पतालले सोमबारदेखि २४सै घण्टा सेवा सुविधा दिने उद्देश्यले सो औषधि विक्रिकक्ष तथा फार्मेसि सञ्चालनमा ल्याएको जनाएको छ ।
मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाको प्रमुख आथित्यमा अस्पतालका सह–निर्देशकद्वय डा.कुमार पोख्रेल र डा. रोमन किडवाई उपस्थिितिमा सो उद्दघाटन भएको स्वास्थ्यकर्मी मुस्लिम खाँले जानकारी दिए ।
अस्पतालका विरामी तथा कुरुवाको सुविधालाई ख्यालमा राख्दै अस्पताल परिसमै २४ सै घण्टा चिया र कफिको सुविधासहितको क्यान्टिनकोे समेत सुरुवात गर्रिको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकालाई बासद्वारा सहयोग हस्तान्तरण

११ माघ २०७३, मंगलवार १२:४०
सदरलाइनडटकम   ११ माघ नेपालगन्ज : बिपन्न तथा निमुखा बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले बासद्धारा सञ्चालित बालबालिका सहयोग कार्यक्रम अन्र्तगत ४ जना बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । सो कार्यक्रम अन्तरगत टिटिहिरियाका २ जना र राँझाका २ जना बालकहरुलाई सहयोग हस्तान्तरण गरिएको बास नेपालगन्जले जनाएको छ । सहयोग पाउनेमा बाँकेको […]