सञ्चारमन्त्री शर्माद्वारा नेपालगञ्जमा हिमालयन विज्ञान मेला उद्घाटन

सदरलाइन संवाददाता २ फाल्गुन २०७९, मंगलवार १४:२४
 

नेपालगञ्ज : सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उदघाटन गरेकी छन् ।

नेपालगञ्ज रङ्गशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेला उदघाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि नबढ्ने बताइन् । उनले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने बताइन् ।

विज्ञान र प्रविधिको विकासका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुका साथै सबैलाई अवसर पनि प्रदान गर्नुपर्नेमा उनले जोड दिइन् ।

अहिले सञ्चार मन्त्रालयमा प्रविधि पनि जोडिएकाले अब मन्त्रालयले साइन्स र प्रविधिसँग जोडिएका अग्रजहरूलाई उचित सम्मान र मूल्याङ्कन गरिने मन्त्री शर्माले बताइन् ।


संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले अहिलेको विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने बताइन् । उनले कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

दुई दिनसम्म चल्ने मेलामा विभिन्न विद्यालयका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टलहरू राखिएको हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताए ।

उनले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएको जानकारी दिए ।

क्याप्सन बाँकेका अध्यक्ष यम रावत, एम्बिसन गुरुका महानिर्देशक दिनेशराज कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

२ फाल्गुन २०७९, मंगलवार १४:२४
  नेपालगञ्ज :  अन्तरालको आयोजना तथा व्यवस्थापनमा आयोजना हुँदै आएको नेपालगञ्ज फोटो फेस्टिवलको तेस्रो श्रृंखला अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति आगामी फागुन १५ गतेसम्म रहेको जनाईएको छ । हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवल कोरोना कहरपछिको लकडाउनपछि तेस्रो संस्करण गर्न […]