कलबाईपास गर्ने उपकरणसहित भारतीय नागरिक पक्राउ

१४ माघ २०७५, सोमबार १७:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय, जमुनहा बाँकेको टोलीले कल बाइपास गर्ने उपकरणसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

नेपालगञ्जबाट भारततर्फ जाँदै गरेका भारत मध्य प्रदेश जवलपुरका ओरुब चटर्जीलाई सो उपकरणसहित सोमबार दिउसो पक्राउ गरेको हो ।

प्रहरीले चटर्जीको साथबाट प्रहरीले कल बाइपास गर्ने उपकरण, एनसेलको १० र एनटिसीका दुई वटा तथा भारतीय नम्बरका सीमकार्ड ९ थान, एटिएम कार्ड, तिन थान मोवाइल, एक थान ल्यापटप पनि प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक बसन्तकुमार बस्नेतले जानकारी दिए ।


‘आशंका लागेर चेकजाँच गर्ने क्रममा चटर्जीलाई कल बाइपास गर्ने उपकरणसहित पक्राउ गर्न सफल भयौँ,’ उनले भने ।

उनको साथबाट कल बाइपास गर्ने पाँच थान टावर र एक थान मेसिन पनि बरामद गरेको बस्नेतले जानकारी दिए। उनी कोहलपुर क्षेत्रमा दुई दिन बसेर फर्केको प्रहरी समक्ष बयान दिएका छन् ।

केही दिनअघि जमुनहा नाका भएर कोहलपुर गएको बयान उनले दिएका छन् । पक्राउ परेका चटर्जीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको सई बस्नेतले बताए ।

Next Post

पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ सुरु

१४ माघ २०७५, सोमबार १७:५१
सदरलाइनडटकम, कोहलपुर (बाँके) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाँकेको कोहलपुरमा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को उद्घाटन गरेका छन् । मन्त्री यादवले आर्थिक समृद्विका लागि सबैको सहकार्य आवश्यक रहेको बताउदै देशले राजनैतिक रुपमा सबै निकास पाईसकेकाले सबैको ध्यान अब आर्थिक समृद्धितर्फ केन्द्रित हुनेपर्ने […]