नेपालगञ्ज : नेपाल औषधीगत विक्रि प्रबन्धक संघठन (पीन) नेपालगञ्ज इकाईको अध्यक्षमा विशाल विक्रम वर्मा सर्वसम्मत निर्वाचित भएका छन् । बर्दियाको पर्यटकिय क्षेत्र सत्खलुवा तालमा सम्पन्न नेपालगञ्ज इकाईको बनभोज तथा इकाई अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
संघठनको वरिष्ठ उपाध्यक्षमा रोहित कुमार भट्ट, उपाध्यक्षमा अमर बहादुर बम, सचिवमा माधव प्रसाद जोशी, सह सचिवमा अमृत पाण्डे, कोषाध्यक्षमा किशोर लेखक र सह कोषाध्यक्षमा सतिश गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।
संगठनको सदस्यमा गौतम कुमार, श्याम हरि जोशी, राजेन्द्र प्रसाद अवस्थी, लक्ष्मी प्रसाद खनाल र अभिषेक राज खनाल निर्वाचित भएका छन् । सदस्य पदका लागि पनि निर्वाचन भएन ।
यस्तै संगठनले अग्रजहरु समेटेर सल्लाहकार समेत चयन गरेको छ । जसमा प्रेम खरेल, तिर्थ चौधरी, गोबिन्द जिसी, शालिकराम खनाल, जहिरुल हक जिनु, बाबुराम पौडेल र जनक राज श्रेष्ठलाई चयन गरिएको सचिव माधव जोशीले जानकारी दिए ।
नेपालगञ्जमा कार्यरत करिब ५० जना प्रबन्धकहरु उपस्थित कार्यक्रममा पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा विचार साटासाट समेत गरिएको थियो । संगठनले हरेक अधिवेशन बनभोज कार्यक्रमकै आयोजना गरि गर्ने गरेको छ ।