रुपनी घर्तिमगर संचारिका समुह बाँकेको अध्यक्षमा सर्वसम्मत

सदरलाइन संवाददाता ३ चैत्र २०७८, बिहीबार १९:४५
 

नेपालगन्ज : सञ्चारिका समुह बाँकेको पाँचौ साधारण सभाले रुपनी घर्तिमगरको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

यस्तै सो अधिवेसनबाट उपाध्यक्षमा सरला सुवेदी, सचिवमा पवित्रा परियार, कोषाध्यक्षमा धना के.सी. सर्वसम्मत चयन भएका छन् ।
भने, सदस्यहरुमा स्मृति देवकोटा, सपना परियार, अनिता वि.क. भएका छन् ।


सो अधिवेसनको उत्घाटन सत्रमा बोल्दै संचारिका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले महिला संगठीत र अध्ययनशील
हुनु पर्ने बताईन् ।

समुहको साधारण सभा पछि होली मिलन कार्यक्रम पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, २० गम्भीर घाइते

३ चैत्र २०७८, बिहीबार १९:४५
नेपालगञ्ज : प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु भएको छ । बस दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न १२ बजे दुर्घटना […]