दाङमा आगलागी हुँदा ६ घर जलेर नष्ट

सदरलाइन संवाददाता २ चैत्र २०७७, सोमबार १६:२३
 

दाङ : दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामग्री, भकारीमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे थियो ।


आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

Next Post

जुमा कपमाथि प्याब्सनको कब्जा

२ चैत्र २०७७, सोमबार १६:२३
नेपालगञ्ज : नेपालगञ्जमा भएको जुमा कप फुटबलको फाइनल खेलमा प्याब्सन बिजयी भएको छ । सोमवार बिहान नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा प्याब्सनले बजार प्रतिनिधिको टोलीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा प्याब्सनका आशिष गुरुङले २३ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा बिजयी भएको प्याब्सनले १ […]

सम्बन्धित