मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १७:२०
 

बर्दिया : मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएक छन् । श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

श्रेष्ठ चढेको मोटरसाइकललाई चौबाटोमा अर्को मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार श्रेष्ठको खुट्टामा चोट लागेको छ । घाइते श्रेष्ठलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी भेरी  अस्पताल नेपालगञ्ज लगिएको छ । घाइते श्रेष्ठको दाँया खुट्टाको घुँडादेखि तलतिर भाँचिएको जानकारी दिइएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक ठाकुरबाबाका ज्ञानेन्द्रबहादुर खड्कालाई पनि समान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठ नेकपा एमालेबाट यसअघि २०७४ सालको पालिका चुनावमा मेयर पदमा विजयी भएका थिए। यही वैशाख ३० गते हुने चुनावका लागि उनले पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालगञ्ज–९ का मतदाता भन्छन वडाको विकास हाँक्ने व्यक्ति चाहियो

२२ बैशाख २०७९, बिहीबार १७:२०
नेपालगञ्ज : नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं.९ का वडाअध्यक्ष पदका उम्मेदवारहरु आजदेखि नमुना मतपत्र बोकेर घरघरमा पुगेका छन् । नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा गोविन्द रेग्मी, वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् । चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित […]