सदरलाइनडटकम,
नेपालगञ्ज : भन्सार कार्यालय नेपालगञ्जले सरदर मासिक एक अर्ब रुपैयाँ राजश्व संकलन गर्न थालेको छ । चालु आर्थिक बर्षको ६ महिनामा ६ अर्ब बढि राजश्व संकलन गरेको छ ।
चालु आर्थिकबर्षको साउनदेखि पुष मसान्तसम्म ५ अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।
भन्सारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व नम्बर ४० गुल्मका डिएसपी निरंकरनाथ शुक्लाले भन्सार चोरी निकासी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरिएको जानकारी दिए ।
