इश्तियाक राई मंगलवार विहानैदेखि चुनावी अभियानमा व्यस्त

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:५६
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी अभियानलाई मंगलवार विहानैदेखि तीब्र पारेका छन् ।

उनी विहानैदेखि नेपालगञ्ज र डुडुवाका मतदातामाझ पुगेका छन् । उनले मतदातामाझ आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन् । निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको बताए ।


‘हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं । जो गर्न सक्छौं, जे यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौं र गरेर पनि देखाउँछौं’ उनले भने ‘तपाईंहरूले देखिरहनुभएको छ, गर्छु र हुन्छ भनेका कामहरू भइरहेका छन् । ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर ती पक्कै पूरा हुन्छन् ।’

यो क्षेत्रको विकास र हरेक नागरिकको समृद्धिबाहेक आफूसँग कुनै पनि स्वार्थ नभएको भन्दै उनले विगतमा सुरू भएका विकासका योजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक चुनाव जित्न आवश्यक रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्चा पम्पलेटमाथि राजनीति भइरहेको छ : हिन्दुवादी नेता खनाल

२२ कार्तिक २०७९, मंगलवार १३:५६
नेपालगञ्ज : बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसदका उम्मेदवार दिवाकर शर्मा खनालले प्रतिद्वन्द्वी निर्वाचनमा प्रत्यक्ष भिड्न पसिना आएपछि पर्चापम्पलेट माथि राजनीति थालेको बताएका छन् । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको छ । राजनितिक दलले खडा गरेका उम्मेदवार र […]