जीपको ठक्करबाट दाङमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १५ कार्तिक २०८०, बुधबार १३:०१
 

नेपालगञ्ज : दाङको राजपुर गाउँपालिकामा तरकारी बोकेको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गढवा–राजपुर हुलाकी सडकखण्ड अन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको पिकअप भ्यानले मंगलबार राति रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।


मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ वर्षीया सविना यादव घाइते भएकी छन् ।

उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बाँकेमा दुईजना पक्राउ

१५ कार्तिक २०८०, बुधबार १३:०१
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नम्बरको मोटरसाइकलमा रहेका नरैनापुर गाउँपालिका वडा नं. ३ का सैवाज खान र हबिब खानलाई प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ६ बाट साढे आठ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले शंका लागेर जाँच […]