लागूऔषधसहित खजुराबाट दुई जना पक्राउ

सदरलाइन संवाददाता १७ फाल्गुन २०८०, बिहीबार १५:२५
 

नेपालगञ्ज : खजुरा गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास बिहीन नेपालगञ्जको किङगरियनपुर्वा बस्ती

१७ फाल्गुन २०८०, बिहीबार १५:२५
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठुला–ठुला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन । वर्षौँदेखि बाटोको समस्याले स्थानीयवासी समस्यामा परेका छन् । उपमहानगरपालिका–२२ मा रहेको किङगरियनपुर्वा बस्ती उपमहानगरपालिका भित्रकै भएर पनि अँध्यारो […]