बाल संरक्षणकालागि जिल्लास्तरीय नीतिगत सम्वाद कार्यक्रम

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १२:५०
 

बर्दिया : प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत बाल संरक्षणकालागि जिल्लास्तरीय नीतिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समिति बर्दियाको आयोजना र बाँके युनेस्को क्लबको समन्वय तथा सहयोगमा बर्दियाको गुलरियामा बाल संरक्षणका लागि जिल्लास्तरीय नीतिगत सम्वाद कार्यक्रम सम्पन्न गरिएको हो ।

सो सम्वाद कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले जिल्लाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि नीतिगत विषयहरुमा छलफल गरेर कार्यान्वयन गर्नका लागि यो महत्वपुर्ण सम्वाद गरिएका बताए ।

उनले प्लान नेपाल र बाँके युनेस्को क्लबले बालविवाह रोकथाम र बालअधिकार तथा मानवबेचविखन विरुद्ध गरेका कार्यक्रमको जिल्लामा निकै सकारात्मक प्रभाव परिरहेको बताए ।


सो अवसरमा जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्टले बाल संरक्षण र सेवा प्रवाहका लागि स्थानीय तहले ठोस निति निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

सम्वाद कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि बाल संरक्षण, बाल अधिकार र बालविवाह रोकथामका लागि आफुहरुले विभिन्न नीतिहरु बनाएको जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका समन्वय अधिकारी कृष्ण चापागाई र मधुवन, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकीले क्लबले सञ्चालन गरेको परियोजनाबाट समुदायमा बाल अधिकार र बाल संरक्षणको चेतना जागृत हुनुका साथै वालविवाह रोकथाममा प्रभावकारी काम भएको बताए ।

सो सम्वाद कार्यक्रमबाट सहभागिहरुमा बर्दियाका सबै स्थानीयतहमा बाल संरक्षण र सेवा प्रवाहका लागि तयार गरिएका निति र नियमहरुको कार्यान्वयन गर्दै अगाडी बढ्नु पर्ने साझा धारणा बनेको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ का संयोजक बसन्त विसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

५ आश्विन २०७८, मंगलवार १२:५०
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलवार पौने ८ बजे मृत्यु भएको हो । भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए । योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी […]

सम्बन्धित