नेपाली नाकाबाट अवैध घुसपैठ प्रति भारतीय गृहमन्त्री सिंह चिन्तित

३० पुष २०७५, सोमबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपाल नाका भएर पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । सीमावर्ती भारतीय बजार रुपईडिहास्थित निर्माण हुन लागेको एकिकृत भन्सार जाँच चौकीको सोमवार शिलान्यास गर्दै गृहमन्त्री सिंहले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।


नेपालगञ्ज रुपईडिहा संयुक्त एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमवार रुपईडिहा आएका थिए । भारततर्फको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गर्दै गृहमन्त्री सिंहले नेपालको बाटो हुँदै पाकिस्तानी नागरिकको अवैध प्रवेश भइरहेको गुनासो आएकोले यसलाई हामीले नियन्त्रण गर्नुपर्ने बताए । गृहमन्त्री सिंहले अवैध प्रवेशको बिषय उठाएपनि नेपालसंगको मित्रता भने घनिष्ठ रहेको उल्लेख गरे ।
एकिकृत भन्सार जाँच चौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने गृहमन्त्री सिंहले बताए । आफ्नो सामथ्र्य बिर्सेर भारत माथि आँखा लगाउने गरेको भन्दै गृहमन्त्री सिंहले पाकिस्तानको चर्को आलोचना गरे । एकिकृत भन्सार जाँचचौकी निर्माण सम्पन्न भएपछि नेपालसँगको ब्यापार अझ बिस्तार हुने गृहमन्त्री राजनाथ सिंहले बिश्वास लिएका छन् ।



नेपालतर्फ नेपालगञ्ज र भारततर्फ रुपईडिहामा एकिकृत जाँचचौकी निर्माण भइरहेको छ । १ सय ४२ एकडमा निर्माण हुन लागेको जाँच चौकीका लागि दुई सय करोड लाग्ने अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । भारततर्फ एकिकृत भन्सार जाँचचौकी निर्माणको काम धमाधम भएपनि नेपालतर्फ भने खासै प्रगति भएको छैन । शिलान्यास कार्यक्रममा नेपाल र भारतका प्रशासनिक अधिकारीहरुको उपस्थिती रहेको थियो ।

Next Post

मनकारी उपप्रमुख थारुले बाडिन न्यानो सिरक

३० पुष २०७५, सोमबार १८:३२
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारुले कोहलपुर नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई न्यानो कपडा बितरण गरेकी छन् । उप प्रमुख थारुले उपप्रमुख भएका कारण आफुले प्राप्त गरेको सेवा सुबिधाबाट नगरपालिकाको १५ वटै वडाबाट एक–एक जनाको दरले १५ जना विपन्न तथा शाररीक अशक्तलाई जाडोबाट बच्नको लागि फाईबरको सिरक वितरण […]