विपन्न किसानलाई पावर टिलर वितरण

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १५:४१
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लामा विपन्न र गरिबका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

सोही क्रममा क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिका चारजना अति विपन्न कृषक समुहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर (साना ट्रयाक्टर) वितरण गरेको छ ।

साना विपन्न किसानको कृषि उत्पादन बृद्धिका लागि क्लबले सञ्चालन गरेको कृषि साना ट्रयाक्टर सहयोग परियोजनाअन्तर्गत कृषक समुहलाई पावर टिलर वितरण गरिएको हो ।

एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले सयुक्तरुपमा किसानलाई पावर टिलर वितरण गरे ।


साना र विपन्न किसानका लागि यो सहयोग निके उपयोगी साबित हुने जनाउँदै उनले यसबाट उनिहरुको जिवनमा ठुलो आर्थिक परिवर्तन आउने विश्वास गरे ।

कोहलपुर नगरपालिकाका २, खजुरा र जानकी गाउँपालिकाका एक एक किसान समुहलाई सो पावर टिलर वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

सो अवसरमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, खजुरा वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेष, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली लगायतको पनि उपस्थिति रहेको थियो ।

विपन्न किसानले गरेको कृषि उत्पादन बृद्धिका लागि किसान समुहलाई साना ट्रयाक्टर वितरण गरिएको क्लबका प्रमुख संरक्षक सिद्दिकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार साउन १५ गते, खिर खाएर मनाईंदै

१४ श्रावण २०७९, शनिबार १५:४१
नेपालगञ्ज : आइतवार साउनको १५ गते, खिर खाएर मनाईंदैछ । कुनै धार्मिक महत्व नभएपनि सांस्कृतिकरुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ । असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि […]