सदरलाइनडटकम,
नेपालगञ्ज : ब्रिटिस बोर्डिङ हाई स्कुलले बुधवार १३ औँ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा विद्याथीहरुले विभिन्न प्रस्तुति गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
स्कुलका संस्थापक प्रधानाध्यापक निरज शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मनप्रसाद रेग्मीले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान नै ठुलो कुरा भएको बताए । सैद्धान्तिक शिक्षासँगै उनिहरुलाई अगाडी बढाउनु पर्ने भन्दै उनले विद्यार्थीको समग्र शैक्षिक विकासमा कुनै कसर बाँकी नराखी काम गर्न सुझाव दिए ।
स्कुलका संस्थापक प्रधानाध्यापक शाहले विद्यालयले गुणस्तरीय शिक्षाका लागि अग्रणी भूमिका निर्वाह गरिरहेको दाबी गर्दै अतिरिक्त क्रियाकलापमा समेत जोड दिन ब्यवस्थापन पक्षलाई सुझाव दिए ।


